www.tandavnews.com
Fact ~ In search of truth

‘समृद्धि र विकासका लागि माछापुच्छ्रेमा काँग्रेसलाई मत’

पोखरा ।

नेपाली काँग्रेसका सहमहामन्त्री जीवन परियारले आर्थिक सम्बृद्धि र विकासका लागि काँग्रेसले जित्नुपर्ने बताएका छन् । आसन्न चुनावमा नेपाली काँग्रेसले जित्न नसकेको खण्डमा देश अझै पछाडि धकेलिने उनले बताए ।

मंगलबार माछापुच्छ्रे गाउँपालिकाको लाहाचोकमा आयोजित वृहत चुनावी सभालाई सम्बोधन गर्दै उनले काँग्रेसले नजिते प्रतिगमन हुने खतरा निकै बढि रहेको बताए । ‘यो पटक काँग्रेसलाई जिताउनु भनेको पुरै देशलाई जिताउनु हो । यो व्यवस्थालाई जिताउनु हो ।’ परियारले भने–‘त्यसैले काँग्रेसकै उम्मेदवारलाई अत्याधिक मत दिएर जिताउनुहुन म मतदाताहरुसँग अनुरोध गर्दछु ।’

Batas

माछापुच्छ्रे गाउँपालिकामा यो पटक काँग्रेसको तर्फबाट मीनबहादुर गुरुङ अध्यक्षको उम्मेदवार छन् । त्यस्तै उपाध्यक्षमा सिता अधिकारी प्रत्यासी छिन् ।

मंगलबार आयोजिता अन्तिम चुनावी आमसभामा बोल्दै उनीहरुले समग्र गाउँपालिकाको व्यवस्थापन र विकासका लागि आफूहरुलाई जिताउन मतदाताहरुसमक्ष आग्रह गरे ।

कार्यक्रममा काँग्रेस कास्कीका सभापती किशोरदत्त बराल, महासमिति सदस्य टेकन शोभा गुरुङ्ग, महाधिवेशन प्रतिनिधिहरु बिष्णु बहादुर क्षेत्री र जुना कुमारी जि सी, जिल्ला सदस्यहरु सुदिप गौतम र लक्ष्मी लम्साल, कास्की क्षेत्र नं.३ का प्रतिनिधि खिमलाल बास्तोला, क्षेत्र नं.३ का सचिव मेख तामाङ, क्षेत्र नं. ३ प्रदेश (क) का सचिव प्रकाश चन्द्र सापकोटा र विश्वास गुरुङ्ग, प्रदेश क कै कोषाध्यक्ष गिता क्षेत्री र सह सचिव विष्णु प्रसाद अधिकारी र प्रेस युनियन कास्कीका कोषाध्यक्ष बिजय लम्साल लगायतको उपस्थिती रहेको थियो ।

यस्तै, नेपाली कांग्रेसका प्रदेश प्रतिनिधिहरु मिना सुवेदी, सनम नेपाली, बहादुर सिं गुरुङ्ग, चन्द्रमान गुरुङ्ग, कमल बहादुर गुरुङ्ग, कृष्ण कुमारी गुरुङ्ग, भरत कुमार गुरुङ्ग र नेपाली कांग्रेस माछापुच्छ्रे गाँउपालिकाका सभापति विरेन्द्र गुरुङ्ग उपस्थित थिए ।

मंगलबार भएको कार्यक्रममा गाउँपालिकका सम्पूर्ण वडाका नेपाली काँग्रेसका उम्मेदवारहरु सहभागी थिए ।

माछापुच्छ्रे गाँउपालिका वडा नं १ मा नेपाली कांग्रेसको तर्फबाट वडाअध्यक्ष पदमा इन्द्र गुरुङ्ग, वडा नं २ मा गणेश आचार्य, वडा नं ३ मा हरिशचन्द्र लम्साल, वडा नं ४ मा मधुसुदन अधिकारी, वडा नं ५ मा नारायण प्रसाद पौडेल, वडा नं ६ मा उदय कुमारी नेपाली, वडा नं ७ मा लोक बहादुर गुरुङ्ग, वडा नं ८ मा राम गुरुङ्ग र वडा नं ९ मा हरि बहादुर क्षेत्री (राजेन्द्र) उम्मेदवार छन् ।

निर्वाचन परिचालन समिति संयोजक तथा नेपाली काँग्रेस महासमिति सदस्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत जिल्ला सदस्य सुदिप गौतम र सञ्चालन निर्वाचन परिचालन समिति सदस्य तथा पार्टीका क्षेत्रिय प्रतिनिधि मौसम कार्कीले गरेका थिए ।

© 2022, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.