www.tandavnews.com
Fact ~ In search of truth
Mulberry

मेरिङदेन ६ मा एमालेको प्यानल विजयी

hima aus

फुङ्लिङ।

classic tech

स्थानीय तह निर्वाचनमा ताप्लेजुङको मेरिङदेन गाउँपालिका–६ नं वडामा नेकपा (एमाले)को प्यानलनले विजयी प्राप्त गरेकाे छ । नेपाली कांग्रेसका उम्मेदवालाई १३२ मतले पछिपार्दै एमालेको प्यानल विजयी भएको हो ।

एमालेको तर्फबाट उम्मेदवार मनोजकुमार तम्मबाहाम्फले कांग्रेसका ठाकुरसिंह लिम्बूलाई पराजित गरी वडाध्यक्षमा विजयी प्राप्त गरेका छन् । तुम्बाहाम्फेले ४५६ मत प्राप्त गरेका थिए, भने प्रतिद्वन्द्वी नेपाली कांग्रेस उम्मेदवार लिम्बूले ३२४ मत प्राप्त गरे ।

१३२ मतले लिम्बू पराजित भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । त्यस्तै सदस्य पनि एमालेका उम्मेदवार विजयी भएसँगै मेरिङदेनको ६ नं वडामा प्यानलनै एमाले पार्टीले विजयी प्राप्त गरेको हो ।

यस्तै अरु वडामा भने मतगणना कार्य जारी रहेको जनाइएको छ । गाउँपालिका अध्यक्षमा हालसम्म एमाले ३५४, कांग्रेस ३११, उपाध्यक्षमा एकीकृत समाजवादी पार्टीले २७० मत र स्वतन्त्र २४४ मत प्राप्त गरेको जिल्ला निर्वाचन कार्यालय ताप्लेजुङले जनाएको छ । नौ स्थानीय तहमध्ये फक्ताङलुङ गाउँपालिका बाहेक आठ गाउँपालिकामा मतगणना सुरुभएको हो ।

रासस

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...