www.tandavnews.com
Fact ~ In search of truth

हरिनास १ मा कांग्रेसका गुरुङ विजयी

वालिङ।

स्याङ्जाको हरिनास गाउँपालिका १ मा नेपाली काग्रेसका ईन्द्रबहादुर गुरुङ विजयी भएका छन्। नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)बीच गठबन्धन रहेको उक्त वडामा विजयी भएका गुरुङले ८०४ मत प्राप्त गरेका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का मिलनराज श्रेष्ठले ५४२ मत प्राप्त गरे ।

दुई वडाध्यक्षकाबीचमा २६२ को मतान्तर रहेको छ । त्यस्तै सदस्यमा गठबन्धनका तर्फबाट लक्ष्मी विक ८२३, देवीमाया दर्जी ८०९, तेजबहादुर थापा ७६५, प्रेमबहादुर मानन्धर ८०४ मतसहित विजयी भएको निर्वाचन अधिकृत घनश्याम सुवेदीले जानकारी दिए।

गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा पनि गठबन्धनकै सुरुआती अग्रता रहेको जनाइएको छ । गठबन्धनकातर्फबाट कांग्रेसले अध्यक्षमा ८३१ मत ल्याउँदा एमालेले ५१८ मत प्राप्त गरेको छ । स्याङ्जामा ५ नगरपालिका र ६ गाउँपालिकामा ९७ वडा छन् ।

रासस

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.