www.tandavnews.com
Fact ~ In search of truth

भरतपुर महानगरको मतगणना सुरु

चितवन।

भरतपुर महानगरपालिकाको मतगणना सुरु भएको छ । जिल्लाको अन्य ६ पालिकाको गणना शुक्रबार रातिबाट सुरु गरिएको थियो । भरतपुर महानगरपालिका–१ बाट मतगणना थालिएको हो ।

मुख्य निर्वाचन अधिकृत प्रकाशकुमार अधिकारीका अनुसार सुरुमा एक स्थानमा मत गणना गरिने छ भने क्रमशः गणनास्थल बढाउँदै लगिने छ । जेठ ५ गतेसम्ममा गणना सम्पन्न गर्ने गरी योजना बनाइएको उनले जानकारी दिए। भरतपुर महानगरमा एक लाख २७ हजार ८३९ मत खसेको छ । सो महानगरमा एक लाख ८५ हजार ७५२ मतदाता रहेका थिए । यहाँ ६८ दशमलब ८० प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

समग्र जिल्लामा ७४ दशमलब ०९ प्रतिशत मत खसेको छ । कार्यालयका प्रमुख भीमसेन कार्कीका अनुसार रत्ननगर नगरमा ३९ हजार ४११ मत खसेको छ । सो नगरमा कूल मतको ७४ दशमलब ८६ प्रतिशत मत खसेको हो । यस नगरमा ५२ हजार ६४२ जना मतदाता रहेका छन् । कालिका नगरमा भने दुई हजार ३५० मत अर्थात् ७८ दशमलब १५ प्रतिशत मत खसेको थियो । खैरहनी नगरमा ३२ हजार ३०० मत खसेको छ । यो कूल मतदाताको ७४ दशमलब २० प्रतिशत मत खसेको कार्कीले जानकारी दिए।

सो पालिकामा ४३ हजार ५३१ मतदाता रहेका थिए । राप्ती नगरमा २९ हजार ७३७ मत अर्थात् ७३ दशमलब १५ प्रतिशत मत खसेको छ । यस पालिकामा ४० हजार ६४९ मतदाता रहेका छन् । माडी नगरमा २० हजार ४९६ मत खसेको छ । यस नगरपालिकामा कूल मतको ७२ दशमलब ३७ प्रतिशत मत खसेको हो । जहाँ २८ हजार ३२० मतदाता रहेका थिए । इच्छाकामना गाउँपालिकामा १२ हजार ९ मत खसेको छ । यो कूल मतदाताको ७६ दशमलब ८१ प्रतिशत मत हुन आउँछ ।

जहाँ १५ हजार ६३४ मतदाता रहेका छन् । जिल्लामा ३ लाख ९७ हजार ६८५ मतदाता रहेका छन् । जसमध्ये दुुई लाख चार हजार ६६६ जना महिला, एक लाख ९३ हजार १८ जना पुरुष र एक जना तेस्रो लिङ्गी रहेका छन् । जिल्लामा १६१ मतदानस्थलमा ४५१ मतदान केन्द्रबाट मतदान भएको थियो । विसं २०७४ को स्थानीय तहको निर्वाचनमा जिल्लामा ७६ दशमलब ७१ प्रतिशत मत खसेको थियो ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार त्यतिबेला भरतपुर महानगरपालिकामा ७५ दशमलब १२ प्रतिशत, राप्ती नगरपालिकामा ७७ दशमलब ३९ प्रतिशत, खैरहनी नगरपालिकामा ७५ दशमलब ३४ प्रतिशतमत खसेको थियो । यस्तै रत्ननगर नगरपालिकामा ८० दशमलब ४१ प्रतिशत, कालिका नगरपालिकामा ८० दशमलब ७५ प्रतिशत, माडी नगरपालिकामा ७५ दशमलब ३० प्रतिशत र ईच्छाकामना गाउँपालिकामा ८० दशमलब २९ प्रतिशत मत खसेको थियो ।

रासस

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.