www.tandavnews.com
Fact ~ In search of truth

तनहुँको आठ तहमा मतगणना जारी

दमौली।

स्थानीय तह निर्वाचनअन्तर्गत तनहुँको आठ पालिकामा मतगणना सुरु गरिएको छ । जिल्लाका तीन पालिकामा शुक्रबार राति र पाँच पालिकामा आज बिहानदेखि मतगणना सुरु भएको हो ।

बन्दीपुर गाउँपालिका, म्याग्दे, घिरिङ, भीमाद, ऋषिङ, देवघाट, आँबुखैरेनी गाउँपालिका तथा शुक्लागण्डकी नगरपालिकामा मतगणना जारी छ । भानु नगर र व्यास नगरमा भने मतगणना सुरु हुनसकेको छैन । भानु नगरमा सर्वदलीय बैठक सम्पन्न भएर मतगणनाको तयारी थालिएको छ, भने व्यास नगरमा भने मतगणनामा अन्योल भएको छ । स्थानीय तह निर्वाचन अन्तर्गत तनहुँमा ६४ प्रतिशत मत खसेको छ ।

जिल्लाका दश वटै पालिकाका २९७ मतदान केन्द्रमा भएको मतदानमा ६४ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय तनहुँले जनाएको छ । हालसम्म सार्वजनिक मतपरिणाम अनुसार बन्दीपुर गाउँपालिकाको अध्यक्ष, उपाध्यक्षमा नेकपा माओवादी केन्द्रले अग्रता लिएको छ । म्याग्दे गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले) र उपाध्यक्षमा नेपाली कांग्रेसले अग्रता लिएको छ । घिरिङ गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा तथा भीमाद नगरको प्रमुख र उपप्रमुखमा एमालेले अग्रता लिएको छ ।

आँबुखैरेनी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र)ले अग्रता लिएको छ । ऋषिङ, शुक्लागण्डकी र देवघाट गाउँपालिकाको भने मतपरिणाम सार्वजनिक भइसकेको छैन ।

रासस

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.