www.tandavnews.com
Fact ~ In search of truth

काठमाडौँ महानगरमा बालेन्द्र साहको अग्रता कायमै

काठमाडौँ।

काठमाडाैँ महानगरपालिकामा स्वतन्त्र उम्मेदवारको अग्रता कायमै छ । आज अपराह्न १ बजे सर्वजनिक मतपरिणामअनुसार स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले दुई हजार १३९ मत प्राप्त गरेका छन् ।

नेकपा (एमाले)का केशव स्थापितले एक हजार १९९ र नेपाली कांग्रेसका सिर्जना सिंहले एक हजार ५७ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यस्तै स्वतन्त्र उम्मेदवार सुमन सायमीले २४४ र राष्ट्रिय प्रजातन्त्र पार्टीका मदनदास श्रेष्ठले २३३ मत प्राप्त गरे, उपप्रमुखमा एमालेका सुनिता डङ्गोलले दुई हजार २३२, नेकपा (एकीकृत समाजवादी) का रामेश्वर श्रेष्ठले ६४७ र राप्रपाका बिनिता मगैयाले ५४० मत प्राप्त गरेकाछन्।

कामपा वडा नं १, २, ३, ४ र ३२ को मतगणना भइरहेको छ । मतगणनामा ढिलाइ कारण आलोचना हुन थालेपछि निर्वाचन कार्यालयले गणना केन्द्र थप गरेको छ । कार्यालयले एक केन्द्र थप गरी विभिन्न छ स्थानबाट मतगणना गर्न थालेको छ । कामपा वडा नं ३१ को गणना शुरु गरिएको छ । वडा नं ३२, १, २, ३ र ४ को गणना अन्तिम चरणमा रहेको र छिट्टै विजेता घोषणा गरिने कार्यालयले जनाएको छ ।

रासस

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.