www.tandavnews.com
Fact ~ In search of truth

मालिका अध्यक्षमा एमाले विजयी

म्याग्दी।

म्याग्दीको मालिका गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले)का बेगप्रसाद गर्बुजाले तीन हजार ९१ मत प्राप्त गरी विजयी भएका छन्।

गाउँपालिकाको उपाध्यक्षमा एमालेकै लक्ष्मीदेवी पुनले तीन हजार १६७ मत ल्याएर विजयी भइन्। अध्यक्षमा नेपाली कांग्रेसका श्रीप्रसाद रोकाले दुई हजार ९७० मत र नेकपा (माओवादी केन्द्र)का रेशमबहादुर जुग्जालीले दुई हजार २२५ मत प्राप्त गरे। उपाध्यक्षमा कांग्रेसको पिपला बुढाथोकीले तीन हजार १३९ मत प्राप्त गरेको सहायक निर्वाचन अधिकृत हेमराज काफ्लेले जानकारी दिए।

गर्बुजा विसं २०७४ को स्थानीय तह निर्वाचनमा कांग्रेसका रोकासँग ८५ मतले पराजित भएका थिए। गाउँपालिका अध्यक्षमा १२१ तथा उपाध्यक्षमा २१ मतान्तरले विजयी भएकी हुन्। १३ हजार २०१ मतदाता रहेको मालिकामा ६७ दशमलव ७६ प्रतिशत अर्थात् आठ हजार ९४६ मत खसेको जनाइएको छ ।

मालिकामा ३७ पदका लागि १४७ चुनामी मैदानमा उत्रिएका थिए । ७ वडा रहेको मालिकामा एमाले र कांग्रेसले ३/३ वडा तथा माओवादीले एक वडामा विजय प्राप्त गरेको छ ।

रासस

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.