www.tandavnews.com
Fact ~ In search of truth

त्रिविमा आइतबार पनि नियमित पठनपाठन हुने

काठमाडौँ।

त्रिभुवन विश्वविद्यालयले हप्ताको छ दिन नै नियमित पठनपाठन र अन्य सेवाहरु सञ्चालन गर्ने भएको छ । नेपाल सरकारले परीक्षणका रुपमा जेठ १ गतेदेखि लागू हुने गरी हप्तामा दुई दिन (प्रत्येक शनिबार र आइतबार) सार्वजनिक बिदा दिने निर्णय गरेको सन्दर्भमा विश्वविद्यालयले आज एक सूचना जारी गरी अर्को सूचना नभएसम्मका लागि साबिकबमोजिम नै आइतबारसमेत विश्वविद्यालयका सेवाहरु सञ्चालनमा रहने जनाएको हो ।

त्रिवि सूचना तथा जनसम्पर्क महाशाखाद्वारा जारी सूचनामा कोभिडको असरका कारणले शैक्षिक पात्रो ढिलो भएको, पठनपाठन र परीक्षाका तालिकाहरु पहिले नै निर्धारण भइसकेको तथा विश्वविद्यालयको पाठ्यक्रमको संरचनासमेत छ कार्य दिनलाई ध्यानमा राखेर निर्माण भइसकेको हुँदा नियमित रुपमा सञ्चालन गर्न आवश्यक भएकाले उल्लेख छ । साथै, विद्यार्थीहरुको पठनपाठन र विश्वविद्यालयबाट प्रदान गरिने स्वास्थ्य सेवालगायत अन्य सेवाहरुलाई छ दिन नै सञ्चालन गर्ने बताइएको छ ।

रासस

–––

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.