www.tandavnews.com
Fact ~ In search of truth

महालक्ष्मी नगरपालिकाको प्रमुख र उपप्रमुखमा एमालेको अग्रता

काठमाडौँ।

ललितपुर जिल्लाको महालक्ष्मी नगरपालिकामा प्रमुख र उपप्रमुख दुबैमा नेकपा (एमाले) का उम्मेदवारको अग्रता रहेको छ । हालसम्म प्राप्त मतपरिणामअनुसार नगर प्रमुखमा नेकपा एमालेका हरिगोविन्द श्रेष्ठले एक हजार ७१ मत प्राप्त गरेका छन्।

उनका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका शिव कट्टेलले एक हजार दुई मत ल्याए। उपप्रमुखमा नेकपा एमालेकी बीना सुवेदी केसीले एक हजार २७३ मत ल्याएर अग्रता कायम गरे भने उनको निकटतम प्रतिद्वन्द्वी नेपाली कांगे्रसकी लक्ष्मी महर्जनले एक हजार ८५ मत प्राप्त गरे । उक्त नगरपालिका वडा नं १ को अध्यक्षमा एमालेका छिरिङ लामा विजयी भएका छन् ।

हाल वडा नं ९ मा मतगणना जारी रहेको छ । वडा नं १० का मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर नभेटिएपछि सो वडाको गणना भएको थिएन । मतगणना सुस्त भएकाले दुई दिन वितिसक्दा पनि हालसम्म एउटा वडामा मात्रै मतगणना सकिएको छ ।

रासस

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.