www.tandavnews.com
Fact ~ In search of truth

रोल्पाको गंगादेव अध्यक्षमा कांग्रेस विजयी

रोल्पा।

गंगादेव गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका हरिबहादुर पुन मगर विजयी भएका छन् । उनले दुई हजार ५४८ मतका साथ नेकपा (एमाले)का रोशनकुमार वलीलाई ८५ मतान्तरले पराजित गरे।

गाउँपालिकाको उपाध्यक्षमा कांग्रेसको अमृता केसी वलीले दुई हजार ९०९ मत प्राप्त गरी प्रतिस्पर्धी एमालेको निर्मलाकुमारी वलीलाई पराजित गरिन् । कांग्रेसवाट उक्त गाउँपालिकाको १, २, ४, ५ र ७ वडामा अध्यक्ष निर्वाचित भएका छन् भने वडा नंं ६ मा एमाले तथा वडा नं ३ मा नेकपा (माओवादी केन्द्र)का उम्मेदवार वडाध्यक्षमा विजयी भएका छन् ।

रासस

–––

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.