www.tandavnews.com
Fact ~ In search of truth

भक्तपुर नगरको सबै पदमा नेमकिपा विजयी

भादगाउँ।

भक्तपुर नगरपालिकाको प्रमुख, उपप्रमुख तथा वडाध्यक्षसहित सबै पदमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले विजय हासिल गरेको छ ।

नगरको १० वटै वडामा अध्यक्ष तथा सदस्य पदमासमेत नेमकिपाले दोस्रो पटक विजय हासिल गरेको हो । नगर प्रमुखमा सुनिल प्रजापतिले २९ हजार २ सय मत प्राप्त गरी निर्वाचित भए । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका राम कासुलाले ३ हजार ३५२ मत प्राप्त गरे । प्रमुखका अर्का उम्मेदवार नेकपा (एमाले)का रविन्द्र लाछिमस्यूले २ हजार ८३७ मत प्राप्त गरे।

त्यस्तै प्रमुखकै उम्मेदवार सत्यराम त्वायनाले २ हजार ३४५, राष्ट्रिय प्रजातन्त्र पार्टीका बद्री लाखाजुले १ हजार १३८ र नेकपा (माओवादी केन्द्र)का तुलसीभक्त सुवालले ७४२ मत प्राप्त गरे। त्यसैगरी उपप्रमुखमा नेमकिपाकी रजनी जोशी २९ हजार ६९५ मतसहित निर्वाचित हुँदा उनका निकटम प्रतिद्धन्द्धी नेकपा एमालेकी रञ्जना चापागाईं खर्वुजाले २ हजार ७८४ मत प्राप्त गरिन् ।

त्यस्तै वडा नं. १ अध्यक्षमा श्यामकृष्ण खत्री, २ मा हरिप्रसाद बासुकला, ३ मा राजकृष्ण गोरा, ४ उपेन्द्र सुवाल, ५ मा योगेन्द्रमान बिजुक्छे, ६ मा हरिराम सुवाल, ७ मा उकेश कवाँ, ८ मा कृष्णप्रसाद कोजू, ९ मा रविन्द्र ज्याख्व र वडा नं. १० मा लक्ष्मी प्रसाद ह्यौंंमिखा विजयी भएका छन् ।

रासस

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.