www.tandavnews.com
Fact ~ In search of truth

अन्नपूर्ण गाउँपालिकामा एमालेका विष्णु केसी विजयी

पोखरा।

कास्कीको अन्नपुर्ण गाउँपालिकामा नेकपा एमालेका विष्णु केसी विजयी भएका छन् । नेपाली कांग्रेसका युवराज कुवँरलाई ७ सय ६३ मतले पछि पार्दै विजयी भएका हुन् ।

केसीले ६ हजार ७ सय २२ मत प्राप्त गरे भने नेपाली कांग्रेसका उमेद्वार युवराज कुवँरले ५ हजार ९ सय ५९ मत प्राप्त गरेका छन् । त्यसै गरी उपाध्यक्षमा नेकपा एमालकी चन्द्रकला अधिकारीले ६ हजार ६ सय ८ मत प्राप्त गर्दै विजयी भइन् । नेपाली कांग्रेसकी खीमकुमारी गुरुङले ६ हजार 0 सय १४ मत प्राप्त गरीन् । अन्नपुर्ण गाउँपालिकामा २० हजार ३ सय ४८ मतदाता रहेकोमा १४ हजार ९ सय ४ मत खसेको थियो । यस अघि कास्कीमा युवराज कुँवरले मात्र कांग्रेसको साँख जोगाउन सकेको थियो ।

Batas

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.