www.tandavnews.com
Fact ~ In search of truth

घोराही उपमहानगरमा एमालेको अग्रता

दाङ।

दाङको घोराही उपमहानगरपालिकामा सत्ता गठबन्धनलाई पछि पार्दै नेकपा एमालेले अग्रता कायम राखेको छ । पछिल्लो मतपरिणामअनुसार घोराहीमा नेकपा (एमाले) का उम्मेदवार नरुलाल चौधरीे तीन हजार १२४ मतले अगाडि छन् ।

चौधरीले १६ हजार ८९८ मत प्राप्त गरे भने गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र) का हेमराज शर्माले १३ हजार ७७४ मत प्राप्त गरेको प्रदेश निर्वाचन कार्यालय घोराहीले जनाएको छ । उपप्रमुख पदमा पनि एमालेले अग्रतालाई फराकिलो बनाउँदै लगेको छ । एमालेबाट उपप्रमुखमा उम्मेदवार हुमा डिसीले १६ हजार ३७३ मत प्राप्त गरेकी छन्, भने गठबन्धनबाट कांग्रेस उम्मेदवार भुपबहादुर डाँगीले १५ हजार ४६६ मत प्राप्त गरे ।

यसअघि आठ वडाको मतगणना सम्पन्न भएको छ । वडा नं १, २, १४, १७ र १८ मा नेकपा (एमाले) का अध्यक्षका उम्मेदवार विजयी भएका छन भने वडा नं १३, १६, १९ मा गठबन्धनबाट कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् । अहिले वडा नं ३, ४, ९, १०, ११, १२ र १५ को मतगणना भइरहेको प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ । घोराही उपमहानगरपालिकामा कूल एक लाख १२ हजार ९२७ मतदाता रहेकामा ७६ हजार ५२९ अर्थात् ६७.७६ प्रतिशत मत खसेका थियो ।

रासस

–––

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.