www.tandavnews.com
Fact ~ In search of truth

नेपालगञ्जमा कांग्रेस अगाडि

राँझा।

स्थानीय तह निर्वाचनअन्तर्गत नेपालगञ्ज उपमहानगरपालिकामा नेपाली कांग्रेसले अग्रता दोब्बर बनाएको छ । गठबन्धनको तर्फबाट कांग्रेसका नगरप्रमुख उम्मेदवार प्रशान्त विष्टले आठ हजार ३४० मत ल्याउँदा उनका प्रतिस्पर्धी नेकपा (एमाले) का पशुपति मिश्रले चार हजार ३७७ प्राप्त गरे।

त्यस्तै राप्रपाका नन्दलाल वैश्यले तीन हजार ३६१ मत प्राप्त गरेका छन्। यसैगरी उपप्रमुखमा जनता समाजवादी पार्टीका कमरुद्धिन राईले छ हजार ७८८ मतका साथ अग्रता लिएका छन्। उनका प्रतिस्पर्धी राप्रपाका बिन्दु धर्तीमगरले चार हजार ३६१ मत प्राप्त गरे।

नेपालगञ्जमा अहिलेसम्म १, २, ३, ४, ५ १९, २०, २१, २२ र २३ वडाको मत गणना सकिएको छ । अहिले वडा नं ६, ७ र १८ को मतगणना भइरहेको प्रमुख निर्वाचन अधिकृत खडानन्द तिवारीले जानकारी दिए।

रासस

–––

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.