www.tandavnews.com
Fact ~ In search of truth

नारायण नगरमा एमाले विजयी

दैलेख।

दैलेखको नारायण नगरपालिकामा गठबन्धनलाई पराजित गर्दै नेकपा (एमाले)का उम्मेदवार विजयी भएका छन् । एमालेका लोमन शर्माले गठबन्धनबाट प्रमुखका उम्मेदवार नेपाली कांग्रेसका निर्मलाकुमारी खड्का थापालाई ७९ मतान्तरले पराजित गरे ।

प्रमुखमा निर्वाचित शर्माले पाँच हजार ४३६ मत प्राप्त गरे। थापाले पाँच हजार ३५७ मत प्राप्त गरे। उपप्रमुखमा एमालेको तप्ताकुमारी खड्काले गठबन्धनकै उम्मेदवार नेकपा (एकीकृत समाजवादी)को सावित्री मल्ललाई एक हजार ८३५ मतान्तरले पराजित गरिन्। उपप्रमुखमा निर्वाचित खड्काले पाँच हजार ६७३ मत प्राप्त गरेकी छन् ।

रासस

–––

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.