www.tandavnews.com
Fact ~ In search of truth

लिखुको अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा एमाले

ओखलढुङ्गा।

ओखलढुङ्गाको लिखु गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका अशोक कार्की विजयी भएका छन्। नेकपा एमालेका उम्मेदवार मिलन व्ष्टिलाई २८४ मतान्तरले पराजित गर्दै कांग्रेसका कार्की विजयी भएका हुन्।

 

कार्कीले तीन हजार ७७६ मत ल्याएर विजयी हुँदा विष्टले तीन हजार ४९२ मत प्राप्त गरे। उपप्रमुखमा एमाले उम्मेदवार अस्मिता थापा फराकिलो मतान्तरले विजयी भएकी छन्। नेपाली कांग्रेसकी उम्मेदवार प्रेमकुमारी दाहाललाई एक हजार ३३ मतले पछि पार्दै थापा निर्वाचित हुनु भएकी हुन् । थापाले चारहजार ११६ मत ल्याउँदा दाहालले तीन हजार ८३ मत ल्याइन्।

 

गाउँपालिका अध्यक्षका उम्मेदवार माओवादीका एकिन्द्रराज कटवालले ९३३, एकीकृत समाजवादीका नेत्रप्रसाद भटराईले १६०, मङ्गोलनेशनल अर्गनाइजेशनका दावा शेर्पाले ३७, राप्रपाका जुद्धवीर पौडेल र स्वतन्त्र उम्मेदवार राजन सुवेदीले १०/१० मत ल्याएका छन् ।
रासस
–––

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.