www.tandavnews.com
Fact ~ In search of truth

रुपा गाउँपालिकाका नवनिर्वाचितलाई प्रमाणपत्र

गण्डकी।

कास्कीको रुपा गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष तथा सदस्यलाई प्रमाणपत्र प्रदान गरिएको छ । नवर्विाचित अध्यक्ष नवराज ओझा, उपाध्यक्ष लालसुब्बा गुरुङलगायतलाई एक कार्यक्रमका बीच निर्वाचन अधिकृत रुद्र सुवेदीले प्रमाणपत्र प्रदान गरेका छन् ।

नवनिर्वाचित अध्यक्ष ओझा र उपाध्यक्ष गुरुङ नेकपा एमालेका तर्फबाट उम्मेदवार हुन्। दुवै जना गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा दोहोरिएका हुन् । अध्यक्षमा ओझाले पाँच हजार ७४९ मत ल्याएर विजयी भए । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका गिमायाँ गुरुङले चार हजार १३७ मत ल्याएकी थिइन्।

त्यस्तै उपाध्यक्षमा गुरुङले पाँच हजार ४४५ मत ल्याएर निर्वाचित भइन् भने उनका प्रतिस्पर्धी कांग्रेसका उपाध्यक्ष पदका उम्मेदवार नारायण श्रेष्ठले चार हजार १५३ मत प्राप्त गरिन् । रुपा गाउँपालिकाको सात वडामध्ये पाँचमा एमालेले जितेको छ भने दुई वटामा नेपाली कांग्रेसले जितेको छ । रुपा गाउँपालिकामा १४ हजार ६७५ मतदाता रहेकामा १० हजार ३४४ मत खसेको थियो ।

रासस

–––

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.