www.tandavnews.com
Fact ~ In search of truth

‘मिथ्या कुरा जोडेर कपोलकल्पित आरोप लगाइयो, पुष्टि गर्न चुनौती दिन्छु’

पोखरा
ताण्डव न्यूज ।

नेकपा एमालेका केन्द्रिय सदस्य राजिव पहारीले आरोप पुष्टि गर्न चुनौती दिएका छन् ।

केहि दिनअघि सार्वजनिक अडियोको विषयलाई लिएर आफ्नो नाम जोडिएकोमा आपत्ति जनाउँदै उनले पार्टीको सिपाहीलाई चरित्र हत्या गर्न नियोजित प्रपन्च गरिएको बताए ।

Batas

कास्की जिल्लाका सह इन्चार्ज समेत रहेका पहारीले आज एक विज्ञप्ति जारी गर्दै भनेका छन्‘ पोखरा महानगरको निर्वाचनमा पार्टीको पक्षमा जित हाँसील गराउनका लागि निर्वाचन सम्बन्धी जिम्मेवारी पुरा गर्न अहोरात्र लागिरहेको एउटा सिपाहीलाई मिथ्या कुराहरु जोडेर यसरी कपोलकल्पित आरोप लगाउनु मेरो चरित्र हत्या गर्ने प्रपन्च बाहेक अरु केही होइन ।’

अडियोमा वार्तालाप गरेको भनिएका मनोज पहारी आफ्नो सचिवालयमा वा सहयोगीको रुपमा कहिल्यै नरहेको पहारीले प्रष्ट पारे । निर्वाचनको जिम्मेवारी पुरा गर्न अहोरात्र लागिरहेको सिपाहीलाई मिथ्या कुरा जोडेर कपोकल्पित आरोप लगाउनु चरित्र हत्या गर्ने प्रपन्च बाहेक अरु केही नभएको उनको तर्क छ ।

‘अडियो संवादमा कुरा गरेका भनिएका मनोज पहारी मेरो सचिवालयमा वा सहयोगीको रुपमा कहिल्यै नरहेको तथ्य समेत जानकारी गराउँदछु । उहाँले गरेको संवादसँग मलाई जोड्न खोज्नु नियोजित हिसाबले फसाउने षडयन्त्र बाहेक अरु केही होइन । जिम्मेवारीमा नरहेका २ ब्यक्तीका नीजि संवादलाई मुद्धा बनाएर राजनीतिलाई अपराधिकरण गर्ने यस्ता प्रवृत्ति प्रति सजगता अपनाउन र यस्ता अफवाहहरुको पछि नलाग्न समग्र पार्टी पंक्ति र शुभचिन्तक समक्ष अपिल गर्दछु’, उनको विज्ञप्तिमा उल्लेख छ ।

पार्टीको तीन दशक लामो यात्रामा जिम्मेवारीलाई इमान्दार रुपमा सम्पादन गरेको स्मरण गराउँदै उनले आरोपको पुष्टि गर्न चुनौती दिएका छन् ।

अफवाहको पछि नलाग्न र पार्टीलाई छानविन गर्न आग्रह गर्दै पहारीले कमजोरी फेला पारे सजाय भोग्न तयार रहेको स्पष्ट पारे । ‘पार्टीको छानविनमा मेरो कुनै रौं बराबर पनि कमजोरी फेला परेमा जुनसुकै सजाय भोग्न तयार रहेको प्रतिबद्धता ब्यक्त गर्दछु’, उनले भनेका छन् ।

केहि दिनअघि स्थानीय तह निर्वाचनबारे एमाले नेता राजीव पहारी लगायतको नाम जोडेर एक अडियो सार्वजनिक भएको थियो ।

© 2022, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.