www.tandavnews.com
Fact ~ In search of truth

भरतपुरमा दाहालको तीन हजार बढीको अग्रता

चितवन।

भरतपुर महानगरपालिकामा पाँचदलीय गठबन्धनमा नेकपा (माओवादी केन्द्र)बाट उम्मेदवार बनेकी रेनु दाहालले तीन हजार १२६ मतले अग्रता लिएकी छन्।

महानगरपालिकामा ४० हजार ९६३ मतगणना हुँदा दाहालले अग्रतालाई फराकिलो बनाएकी छन् । दाहालले १५ हजार ५१३ मत प्राप्त गर्दा नेकपा (एमाले)बाट प्रमुखका उम्मेदवार विजय सुवेदीले १२ हजार ३८७ मत प्राप्त गरे। यस्तै स्वातन्त्र उम्मेदवार जगन्नाथ पौडेलले छ हजार ४०३ मत प्राप्त गरे ।

उपप्रमुखमा गठबन्धनबाटै कांग्रेसका चित्रसेन अधिकारीले १७ हजार ९७० मत प्राप्त गर्दा राप्रपाकी हिमला गुरुङले नौ हजार ९६१ मत प्राप्त गरेकी छन् ।

भरतपुर महानगरमा वडा नं १, २, ४, ५, ६ र ८ गठबन्धनबाट कांग्रेसका, ७ मा गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार र ३ मा एमालेका उम्मेदवार विजयी भएका छन्। वडा नं ९ र १० को गणना भइरहेको छ । भरतपुर महानगरमा एक लाख २७ हजार ८३९ मत खसेको छ ।

रासस

–––

Batas

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.