www.tandavnews.com
Fact ~ In search of truth

पोखराको प्रमुख पदमा गठबन्धन र उपप्रमुखमा एमालेको अग्रता

पाेखरा।

स्थानीय तह सदस्य निर्वाचन– २०७९ अन्तर्गत जारी मतगणनामा पोखरा महानगरपालिकामा सत्ता गठबन्धनका उम्मेदवारले अग्रता बढाएका छन् ।

पोखरा महानगरको जारी मतगणनामा ५२ हजार ८१७ मत गणना हुँदा गठबन्धनबाट प्रमुख पदका उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का धनराज आचार्यले २१ हजार ८८० मत प्राप्त गरे।

नेकपा (एमाले)का प्रमुख पदका उम्मेदवार कृष्णबहादुर थापाले १९ हजार ३८८ मत प्राप्त गरेका छन् । त्यसैगरी उपप्रमुखमा गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदबार कोपिला रानाभाटकोे २२ हजार १२२ मत छ भने एमालेका मञ्जुदेवी गुरुङले २२ हजार १३१ मत प्राप्त गर्नुभएको छ ।

रासस

–––

Batas

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.