www.tandavnews.com
Fact ~ In search of truth

कास्कीः गाउँपालिका अध्यक्षहरुले लिए शपथ

पोखरा
ताण्डव न्यूज ।

कास्की जिल्लाका नवनिर्वाचित गाउँपालिका अध्यक्षहरुले शपथ लिएका छन् । आज(शुक्रबार) एक कार्यक्रमका बिच जिल्लाका मुख्य निर्वाचन अधिकृत श्रीकृष्ण भट्टराईले चार गाउँपालिकाका अध्यक्षहरुलाई पद तथा गोपनियताको शपथ गराएका हुन् ।

हालै सम्पन्न स्थानीय तह निर्वाचनमा रुपा गाउँपालिकामा नेकपा एमालेका नवराज ओझा, अन्नपूर्ण गाउँपालिकामा नेकपा एमालेका उम्मेदवार विष्णु बहादुर केसी, माछापुच्छ्रे गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवार मिन बहादुर गुरुङ र मादी गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवार देवीजङ्ग गुरुङ निर्वाचित भएका थिए ।

Batas

© 2022, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.