www.tandavnews.com
Fact ~ In search of truth

कमलामाईको प्रमुखमा कांग्रेस, उपप्रमुखमा एमाले

सिन्धुली।

कमलामाई नगरपालिकाको नगरप्रमुखमा नेपाली कांग्रेस र उपप्रमुखमा नेकपा (एमाले) विजयी भएको छ । प्रमुखमा उपेन्द्र पोख्रेल र उपप्रमुखमा मञ्जु देवकोटा निर्वाचित भएका हुन् ।

प्रमुख पोखरेल १४ हजार १८७ तथा उपप्रमुख देवकोटा १२ हजार ६९४ मत प्राप्त गर्दै विजयी भएका हुन्। प्रमुखका प्रत्यासी एमालेका महेन्द्रदेव श्रेष्ठले १२ हजार ५७६ तथा उपप्रमुखमा प्रत्यासी माओवादी केन्द्रका दीर्घराज श्रेष्ठले ११ हजार ६८७ मत प्राप्त गरे। कमलामाई नगरपालिकाको १४ वडामध्ये एमाले सात, कांग्रेस ५ र माओवादी केन्द्र दुई वडामा विजयी भएको छ । एमालेले वडा नं ३, ७, ८, ११, १२, १३ र १४, कांग्रेस वडा नं १, ४, ५, ६ र ९ तथा माओवादी केन्द्र वडा नं २ र १० मा विजयी भएको छ ।

रासस

Batas

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.