www.tandavnews.com
Fact ~ In search of truth

नेपालगञ्ज उपमहानगरको प्रमुखमा कांग्रेस विजयी

नेपालगञ्ज।

नेपालगञ्ज उपमहानगरपालिकामा गठबन्धनका दुवै उम्मेदवार विजयी भएका छन् । प्रमुखमा कांग्रेसका प्रशान्त विष्टले नेकपा (एमाले) का पशुपतिदयाल मिश्रलाई दोब्बर मतान्तरले हराए । उनले २३ हजार ४६० मत ल्याएर निर्वाचित भएका छन् ।

एमालेका मिश्रले ११ हजार ६७५ तथा राप्रपाका नन्दलाल वैश्यले सात हजार ५९८ मत प्राप्त गरे, उपप्रमुखमा जनता समाजवादी पार्टी (जसपा) का कमरुद्दिन राई विजयी भइन् । उनले एमालेकी शान्ति ढकाललाई पछि पार्दै १७ हजार ९५० मतले विजयी भइन् ।

ढकालले १० हजार ९१५ मत पाउँदा राप्रपाकी विन्दु चर्तीमगरले १० हजार १३५ मत पाएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत नगेन्द्र चौलागाईंले जानकारी दिए।

नेपालगञ्ज उपमहानगरपालिकामा कूल मतदाता सङ्ख्या ८१ हजार ७९४ रहेकामा ६१ हजार २०५ मत खसेको थियो । उपमहानगरपालिकामा एक हजार ४९ मत बदर भएको थियो । २३ वडा रहेको उपमहानगरपालिकामा जसपा ६, कांग्रेस पाँच, एमाले पाँच, माओवादी केन्द्र चार र राप्रपा तीन वडामा विजयी भएको छ । बाँकेमा हालसम्म तीन गाउँपालिकाको मत परिणाम सार्वजनिक भएको छ । दुई गाउँपालिकामा कांग्रेस र एउटामा गठबन्धनका उम्मेदवार निर्वाचित भएका छन्।

रासस

–––

Batas

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.