www.tandavnews.com
Fact ~ In search of truth

रतुवामाई नगरपालिका प्रमुखमा कांग्रेसका गनगाई र उपप्रमुखमा एमालेकी विष्ट निर्वाचित

विराटनगर।

मोरङको रतुवामाई नगरपालिकाको प्रमुख पदमा नेपाली कांग्रेसका नागेश्वरप्रसाद सिंह गनगाईले १३ हजार १३५ मत प्राप्त गरी विजयी भएका छन्।

प्रदेश निर्वाचन कार्यालय विराटनगरका अनुसार उनका निकटतम प्रतिस्पर्धीमा नेकपा एमालेका दुर्गाबहादुर विष्टले ११ हजार २५२ मत प्राप्त गरे । यसैगरी उपप्रमुखमा नेकपा एमालेकी दमयन्तादेवी चुडालले नौ हजार ३७४ मत प्राप्त गरी विजयी भएकी छन् भने उनका निकटतम प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र)का सुमन कालीकोटेले आठ हजार ४७९ मत प्राप्त गरे । उक्त नगरपालिकामा नेकपा एमालेले वडा नं २, ३, ४, ६ र ७, नेकांले ५, ८, ९ र १० तथा नेकपा (माओवादी केन्द्र) ले १ मा वडाध्यक्ष पदमा विजय हासिल गरेको छ ।

रासस

Batas

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.