www.tandavnews.com
Fact ~ In search of truth

पोखराको प्रमुखमा आचार्य र उपप्रमुखमा गुरुङको अग्रता कायमै

कास्की।

स्थानीय तह सदस्य निर्वाचन–२०७९ अन्तर्गत देशकै सवैभन्दा ठूलो पोखरा महानगरपालिकामा जारी मतगणनामा सत्ता गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी)का प्रमुखका उम्मेदवार धनराज आचार्यले आफ्नो अग्रता कायमै राखेका छन्।

पोखरामा शनिबार दिउँसो २ः३० बजेसम्म ८५ हजार १५७ मतगणना सकिएकामा आचार्यले ३४ हजार ३३६ मत प्राप्त गरे। उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का कृष्ण थापाले ३० हजार ९४९ मतसहित प्राप्त गरेका छन्। प्रमुखमा आचार्य र थापाको मतान्तर तीन हजार ३८७ रहेको छ । पोखरामा एक लाख ४३ हजार २२६ मत खसेको थियो ।

त्यस्तै प्रमुखमा राप्रपाका शङ्कर खरालले तीन हजार ८३५ र स्वतन्त्र उम्मेदवार गनेस पौडेलले दुई हजार ३३५ मत प्राप्त गरेका छन्। यसैगरी महानगरको उपप्रमुखमा एमालेका मञ्जुदेवी गुरुङले ४६५ मतले अग्रता बनाएकी छन्। गुरुङले ३५ हजार ३१२ मत प्राप्त गर्दा कांग्रेसका कोपिला रानाभाटले ३४ हजार ८४७ मत ल्याएकी छन्।

गणनाको सुरुआतदेखि अग्रता बनाएकी रानाभाट शुक्रबार रातिदेखि गणनामा पछि परेकी छन् । पोखरा महानगरका ३३ वडामध्ये हालसम्म १९ वडाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । जसमा नेपाली कांग्रेसले १५ वडामा जित हासिल गरेको छ भने एमालेले पाँच वडा जितेको छ । गत वैशाख ३१ गतेदेखि मतगणना सुरु भएकामा हालसम्म कांग्रेसले वडा नं २, ३, ४, ७, ९, १२, १३, १४, २३, २४ ,२५, २६, २७ र २८ नं वडा जितेको हो । एमाले वडा नं १, ५, ६, ८ र वडा नं २० मा विजयी भएको छ ।

रासस

–––

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.