www.tandavnews.com
Fact ~ In search of truth

पोखरा महानगर : प्रमुखमा गठबन्धनका आचार्य र उपप्रमुखमा एमालेकी गुरुङ अगाडि

कास्की।

स्थानीय तह सदस्य निर्वाचन–२०७९ अन्तर्गत गत वैशाख ३१ गतेदेखि पोखरा महानगरपालिकाको मतगणना सुरु भएकामा हालसम्म एक लाख चार हजार २१२ मतगणना सकिएको छ ।

पोखरामा आज दिउँसो १ः०० बजेसम्मको मतमतगणनाको अद्यावधिक विवरणानुसार सत्ता गठबन्धनबाट प्रमुखका उम्मेदवार नेकपा(एकीकृत समाजवादी)का धनराज आचार्यले आफ्नो अग्रतालाई कायमै राखेका छन् । आचार्य अहिलेसम्म तीन हजार ३९५ मतले अघि छन् । आचार्यले ४१ हजार ७०५ मत प्राप्त गर्दा उनका निकटतम प्रत्याशी नेकपा(एमाले)का कृष्णबहादुर थापाले ३८ हजार ३१० मत ल्याएका छन्।

यसैगरी महानगरको उपप्रमुखमा भने नेकपा(एमाले)का उम्मेदवार मञ्जुदेवी गुरुङको अग्रता छ । गुरुङले ४३ हजार ६१६ मत प्राप्त गरी अग्रता बनाउँदा उनका निकटतम प्रत्याशी गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका कोपिला रानाभाटको ४१ हजार ९२० मत रहेको छ । उपप्रमुखमा एक हजार ६९६ मतान्तर छ । वैशाख ३० गतेको निर्वाचनमा पोखरामा एक लाख ४३ हजार २२६ मत खसेको थियो ।

महानगरका ३३ वडामध्येमा अहिले वडा नं १०, ११, १६, १७, १८, १९, ३९, ३० र ३१ नं को मतगणना भइरहेको छ । गणना बाँकी रहेका वडामा २१, २२, ३२ र ३३ नं रहेका छन् । हालसम्म २० वटा वडाको अन्तिम परिणाम सार्वजनिक भइसकेको छ ।

रासस

–––

Batas

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.