www.tandavnews.com
Fact ~ In search of truth

तनहुँमा दलित समुदायका दुई उपप्रमुख

तनहुँ।

गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनअन्तर्गत शुक्लागण्डकी र भानु नगरपालिकाको उपप्रमुख पदमा दलित समुदायबाट विजयी भएका छन् ।

जिल्लाको १० पालिकामध्ये शुक्लागण्डकीमा खुमबहादुर विक र भानुमा उमा गोतमे सो पदमा निर्वाचित भएकी हुन् । विक नेकपा (माओवादी केन्द्र) र गोतमे नेपाली कांग्रेसबाट निर्वाचित भएका हुन् । यसैबीच जिल्लामा मतगणना सम्पन्न भइसके पनि अझै चार पालिकाले सम्बन्धित निकायमा मतपत्र बुझाएका छैनन् ।

देवघाट, घिरिङ, शुक्लागण्डकी र व्यास नगरपालिको मतपत्र नबुझाएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । ऋषिङ, आँबुखैरेनी, भानु, भिमाद, बन्दीपुर र म्याग्दे गाउँपालिकाले मतपत्र बुझाइसकेको जिल्ला निर्वाचन अधिकृत हरिप्रसाद ढकालले जानकारी दिए। मतगणनापश्चात छ महिनासम्म मतपत्र सुरक्षित राख्नुपर्ने हुन्छ । उनले भने, “उक्त अवधिभित्र मुद्दा नपरेपछि मात्रै व्यवस्थित गरिनेछ ।”

रासस

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.