www.tandavnews.com
Fact ~ In search of truth

कालीगण्डकी गाउँपालिकाले ग्यास चुल्हो लिने, इन्डक्शन चुल्हो दिने

वालिङ ।

स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले प्रत्येक घरधुरीमा इन्डक्शन चुल्हो वितरण गर्ने भएको छ । गाउँपालिकाभित्र बसोबास गर्ने झण्डै चार हजार ६०० घरधुरीलाई लक्षित गरी पालिकाले ग्यास चुल्हो प्रतिस्थापन गर्दै इन्डक्शन चुल्हो वितरण गर्ने योजना अगाडि सारेको हो ।

गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षले पदभार ग्रहण गर्दै ग्यासको बढ्दो मूल्यवृद्धिलाई मध्यनजर गर्दै गाउँपालिकाभित्रका सबै घरधुरीमा विद्युतीय इन्डक्शन चुल्हो वितरण गर्ने पहिलो निर्णय गरेका छन् । गाउँपालिका अध्यक्ष खिमबहादुर थापाले भने, “घर–घरमा रहेका ग्यासका सिलिण्डर लिने र इन्डक्शन चुल्हो दिने निर्णय गरेका छौँ ।” यसलाई आगामी गाउँसभाबाट पारित गरेर लागू गर्ने उनले बताए ।

Batas

कालीगण्डकीलाई धुँवारहित पालिका बनाउने लक्ष्यका साथ अगाडि बढेको उल्लेख गर्दै उनले विद्युत्को प्रयोगमा जोड दिइएको बताए । यसअघि वडा नं ५ को दलित समुदायमा इन्डक्शन चुल्हो परीक्षणका रूपमा वितरण गरिएको थियो । उक्त कार्यक्रम प्रभावकारी भएसँगै यसपटक पूरै गाउँपालिकाभरि नै इन्डक्शन चुल्हो वितरण गर्ने योजना अगाडि सारिएको हो । गाउँपालिकाले विद्युत्को पहुँच सबै घरधुरीमा पु¥याउन न्यूनतम विद्युतीय महसुल भुक्तानी गर्दै आएको छ । यसअघि पनि गाउँपालिकाले न्यूनतम २० युनिटसम्म विद्युत् महसुल निःशुल्क गरेको थियो ।

रासस
–––

© 2022, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.