www.tandavnews.com
Fact ~ In search of truth

बालेन बने मेयर !

काठमाडौँ ।

काठमाडौँ महानगरको मेयरमा बालेन्द्र शाह उर्फ बालेनको जित सुनिश्चित भएको छ । सार्वजनिक पछिल्लो मतपरिणाम अनुसार गणना हुन बाँकी मत भन्दा बढी मतले बालेन अघि छन् । यो सँगै महानगर हाँक्ने जिम्मेवारी बालेनले पाउने निश्चित भएको हो ।

पछिल्लाे मल परिणाम अनुसार १९ हजार ३२३ मत गणना बाँकी हुँदा बालेन २० हजार ३७६ मतले अघि छन् ।

Batas

एक लाख ९१ हजार ५१ मत खसेको काठमाडौंमा हालसम्म एक लाख ७१ हजार ८०२ गणना भइसकेको छ । अहिलेसम्म बालेनले ५५ हजार ७४७ मत प्राप्त गरेका छन्। नेपाली कांग्रेसकी सिर्जना सिंहले ३५ हजार ३७१ मत ल्याएर दोस्रो स्थानमा छिन् ।

नेकपा (एमाले) का केशव स्थापितले ३४ हजार ६२६ र स्वतन्त्र उम्मेदवार सुमन सायमीले १० हजार ३२२ मत ल्याएका छन्।

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.