www.tandavnews.com
Fact ~ In search of truth

वडाध्यक्ष तिमिल्सिनाको पहिलो निर्णयः वडाबासिलाई निःशुल्क एम्बुलेन्स सेवा

पाेखरा।

स्थानीय तह सदस्य निर्वाचन–२०७९ अन्तर्गत पोखरा महानगरपालिका वडा नं १६ को वडाध्यक्षमा निर्वाचित भएका अमृत शर्मा तिमिल्सिनाले बिहीबार पदबहाली गगरेका छन्। उनले वडाका १०४ वर्षीया वृद्धा फत्यकुमारी केसीको हातबाट आर्शिवाद लिएर आफ्नो जिम्मेवारी समालेका हुन्।

पदबहालीसँगै वडाध्यक्ष तिमिल्सिनाले तीन वटा निर्णय गरेका छन् । उनले वडाभित्र रहेका स्वास्थ्य संस्था प्राथमिक स्वास्थ्य चौकी अर्मला र मातृशिशु मितेरी अस्पतालमा गई अस्पतालमा गई प्रसुती गराउने वडाका स्थायी बासिन्दा महिलाहरुलाई पोषण खर्च बापत रु १ हजार उपलव्ध गराउने निर्णय गरेका छन् ।

Batas

त्यसैगरी स्वास्थ्य चौकी र अस्पताल आउँदा लागेको एम्बुलेन्स खर्चको रकम समेत वडा कार्यालयबाट उपलव्ध गराइने वडाध्यक्ष तिमिल्सिनाले बताए।

पदबहालीका क्रममा तिमिल्सिनाले विसं २०७४ मा निर्वाचित भई कार्यकाल पूरा गरेका वडाध्यक्ष र सदस्यहरुलाई सफलतापूर्वक कार्यकाल पूरा गरेकामा धन्यवाद व्यक्त गरे । वैशाख ३० गतेको निर्वाचनमा सहयोग गर्ने सवै मतदाता लगायतलाई धन्यवाद समेत व्यक्त गरिएको छ ।

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.