www.tandavnews.com
Fact ~ In search of truth

काठमाडौँलाई विश्वकै सुन्दर र उत्कृष्ट सहर बनाउँछु : बालेन्द्र साह

काठमाडौँ।

काठमाडौँ महानगरपालिकाको नवनिर्वाचित प्रमुख बालेन्द्र साहले नगरबासीसँगको सहकार्यमा काठमाडौँलाई विश्वकै सुन्दर र उत्कृष्ट सहर बनाउने बताएका छन् ।

राष्ट्रियसभा गृहमा आयोजना भएको निर्वाचन परिणाम घोषणा तथा बधाई ज्ञापन कार्यक्रममा प्रमुख साहले नागरिकको आशाअनुरुप सहरको मुहार फेर्ने बताए। “आगामी पाँच वर्षमा निर्वाचनका समयमा नागरिक सामु गरिएको वाचालाई इमान्दारिताकासाथ कार्यान्वयन गर्नेतर्फ लाग्नेछु”, उनले भने ।

बिहान ९ बजे काठमाडौँका मुख्य निर्वाचन अधिकृत राजकुमार खतिवडाले बधाई दिएसँगै, आफ्नो समर्थकसँग विजय ¥यालीसहित सहर परिक्रमा गरिरहेका छन् ।

सभागृहबाट सुरु भएको ¥याली भद्रकाली, त्रिपुरेश्वर, माइतीघर बबरमहल, बिजुलीबजार, युएनपार्क, शान्तिनगर, तीनकुने, कोटेश्वर, जडीबुटी, पेप्सीकोला हुँदै पुनःतीनकुनेहुँदै सिनामङ्गल, एयरपोर्ट, तीलगङ्गा, गौशाला, चाबहिल, महाराजगञ्ज, सामाखुसी, नयाँ बसपार्क, बालाजु, स्वयम्भु, सीतापाइला, कलङ्की, बल्खु, कुलेश्वर, कालीमाटी टेकु, त्रिपुरेश्वर र सुन्धारा हुँदै खुलामञ्च पुगेर धन्यवादसभामा परिणत हुनेछ ।

रासस

–––

Batas

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.