www.tandavnews.com
Fact ~ In search of truth
Mulberry

राष्ट्रियसभामा नीति कार्यक्रमाथिको छलफल जारी

hima aus
काठमाडौँ।
classic tech

राष्ट्रियसभाको बैठकमा आर्थिक वर्ष २०७९/०८० का लागि सरकारको नीति तथा कार्यक्रम माथिको छलफल जारी छ । राष्ट्रपति विद्यादेवी भण्डारीले यही जेठ १० गते सङ्घीय संसद्को संयुक्त बैठकमा सम्बोधन गरेकाे नीति तथा कार्यक्रममाथि छलफल गर्न राष्ट्रियसभामा बिहीबार र शुक्रबारका लागि दिन तोकिएको छ ।

आजको बैठकमा राष्ट्रियसभा सदस्य डा. विमला राई पौड्यालले नीति तथा कार्यक्रम सैद्धान्तिकरुपमा लामो रहेको उल्लेख गर्दै परिमार्जनको आवश्यकता औँल्याए। उनले नीति तथा कार्यक्रमले यसअघिका सरकारका राम्रा कामको निरन्तरता दिएकामा प्रशंसनीय गर्दै प्राङ्गारिक मल कारखाना स्थापना गर्नसमेत सरकारको ध्यानाकर्षण गराए।

सदस्य कृष्णप्रसाद पौडेलले नीति कार्यक्रममा समयमै पुँजीगत खर्च गर्ने गरी ऐन बनाउने , गरिबीको रेखामुनि रहेका नागरिकलाई परिचयपत्र प्रदान गरी जीविकोपार्जन स्तरोन्नति गर्ने, पुँजीबजार आर्कषण बढाउने, बीमा रकमलाई स्वरोजगार र उत्पादनसँग जोड्ने लगायतका कार्यक्रम निकै राम्रा रहेको जनाउँदै कृषिमा आपूर्तिको ‘चेन’ बनाउन सुझावसमेत दिए।

सदस्य दिलकुमारी रावल थापाले नीति तथा कार्यक्रमले जनतामा खास उत्साह ल्याउन नसकेको आरोप लगाए। पुँजीगत खर्च किन हुन सकेन भन्दै उनले भ्रष्टाचारसँग जोडिएका सबै मुद्दामाथिको छानबिन अघि बढाउन सरकारसँग मागसमेत गरे ।

सदस्य तारामान स्वाँरले कोभिडले थला पारेको अर्थतन्त्र तग्रिन नपाउँदै रुस–युक्रेन युद्धको असरले थप सङ्कटमा परेको बेला र चुनौती थपिएका समयमा नीति तथा कार्यक्रम वस्तुनिष्ठ र यथार्थपरक ढङ्गले आएको बताए। उनले शान्तिप्रक्रियाका बाँकी काम यसै आर्थिक वर्षमा सम्पन्न हुने गरी कार्यक्रम राख्न र रसायनियक मलको आपूर्तिको समस्या सधैँका लागि समाधान गर्न सुझाव दिए ।

रासस

–––

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...