www.tandavnews.com
Fact ~ In search of truth

मूल्य वृद्धिबारे अनेरास्ववियु कास्कीले गरायो प्रधानमन्त्रीलाई ध्यानाकर्षण

पाेखरा ।

पेट्रोलियम पदार्थको मूल्य वृद्धिको बिरुद्धमा अनेरास्ववियु कास्की आन्दोलित छ । बिभिन्न चरणमा चरणबद्ध आन्दोलन गरेकोे अनेरास्ववियु कास्कीले आज पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिनुपर्ने भन्दै कास्की जिल्लाका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री लाई ध्यानाकर्षण गराएको छ।

अनेरास्ववियु जिल्ला कमिटी कास्कीका अध्यक्ष बिजय पौडेलद्वारा हस्ताक्षरित ध्यानाकर्षण पत्रमा हप्ता हप्तामा गरिएको मूल्यवृद्धिले हरेक वस्तुको उत्पादन र ढुवानी खर्च बढाई दैनिक उपभोग्य सामाग्रीहरुको मूल्यबद्धिले जनताको दैनिक जिवनयापनमा असहज गरेको हुँदा तत्काल मूल्यवृद्धि फिर्ता लिन माग गरिएको छ।

Batas

अनेरास्ववियु केन्द्रीय सदस्य संजय पौडेल , महेन्द्र पौडेल ,अनुप लामिछाने, जिल्ला उपाध्यक्ष सन्तोष पोखरेल , जिल्ला सचिव विनय पराजुली लगायतको उपस्थिति रहेको थियो ।

अनेरास्ववियुले यसअघि मूल्यवृद्धिको विरोधमा सरकारी सवारी साधन नियन्त्रणमा लिइ प्रहरीको जिम्मा लगाएको थियो।

© 2022, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.