www.tandavnews.com
Fact ~ In search of truth
Mulberry

पर्यटकीय पूर्वाधार निर्माणपछि दुरुलेकमा पर्यटक आगमनमा वृद्धि

hima aus
गलेश्वर।
classic tech

पश्चिम म्याग्दीको मालिका गाउँपालिका–२ रुमस्थित पर्यटकीयस्थल दुरुलेकमा पर्यटकीय पूर्वाधार निर्माणपछि आन्तरिक पर्यटकको आगमनमा वृद्धि भएको छ । गण्डकी प्रदेश सरकार र मालिका गाउँपालिकाको गरी करिब रु ३० लाखको लागतमा पदमार्ग, सत्तल, मन्दिरलगायत पर्यटकीय पूर्वाधार निर्माण भएपछि दुरुलेक पर्यटकीय गन्तव्य बनेको हो ।

बागलुङ र म्याग्दीका आन्तरिक पर्यटक यस क्षेत्रको भ्रमणमा आउन थालेका हुन् । गण्डकी प्रदेश सरकारको थप रु १० लाख बजेटबाट पर्यटक बस्ने घर निर्माण गरिएपछि बाह्य पर्यटकको आगमन पनि बढ्न थालेको छ । समुन्द्री सतहदेखि तीन हजार ४८४ मिटर उचाइमा अवस्थित दुरुलेखमा हिमशृङ्खला र ग्रामीण भूगोलको अवलोकनका लागि यहाँ पर्यटक पुग्ने गर्छन् । प्राकृतिक, जैविक, ऐतिहासिक र धार्मिकस्थलको रुपमा दुरुलेक महत्वपुर्ण रहेको स्थानीय श्याम पुन बताए।

दुरुलेकमा लालीगुरासँको घनाजङ्गल, दर्जनौँ हिमालको दृष्य तथा म्याग्दी बागलुङलगायत जिल्लाका ग्रामीण बस्तीका डाडाँकाडा हेरेर रमाउन पर्यटक आउने गरेका छन् । धौलागिरि, अन्नपूर्ण, निलगिरिलगायत हिमाल नजिकबाट देख्न पाइन्छ । प्राकृतिक दृष्यसँग रमाउन आउने पर्यटकलाई दुरुलेकदेखि झण्डी डिलसम्म पुग्ने पदमार्ग र चौतारी निर्माणले सहज भएको छ । पर्यटकलाई मठ्ठा चढाउने भीरले पनि थप आकर्षित गरेको छ ।

वसन्त ऋतुसँगै लालीगुराँस फुल्ने हुँदा पर्यटक दुरुलेक पुग्छन् । पर्यटकको बसाइ लम्ब्याउन पूर्वाधार निर्माणमा जोड दिन स्थानीय सरकारले गुरुयोजना निर्माण गर्नुपर्ने स्थानीयवासी नरबहादुर पुन बताउए। सदरमुकामदेखि मालिका गाउँपालिकाको केन्द्र दरवाङ हुँदै अधिभारा, फूलबारी, डाडाँगाउँ, निस्कोट, रुम जैम, घाङ्लेपानीसम्म सवारीसाधनमा यहाँ पुग्न सकिन्छ ।

घाङ्लेपानीबाट करिब पाँच घण्टामा लालीगुरासँको घनाजङ्गल हुँदै गाईभैँसी र भेडाबाख्राका गोठ, वन्यजन्तुको अवलोकन र आवाज सुन्दै पदयात्रामार्फत दुरुलेकमा पर्यटक पुग्छन् । “गुरासे जङ्गलले राताम्मे वन र मनोरम हिमशृङ्खलाले पर्यटकलाई लोभ्याउने गरेको छ”, मालिका गाउँपालिकाका निवर्तमान उपाध्यक्ष खरमाया बिटालुले भन्नुभयो । यहाँ गाईभैँसी र भेडाबाख्राका लागि गोठको व्यवस्था गरिएको छ ।

रासस

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...