www.tandavnews.com
Fact ~ In search of truth

कृष्ण देवकोटाको ‘जोर धाराको पानि’ बजारमा (भिडिओ)

पोखरा।
लोक तथा लोहोरी गीतको यात्रामा जमेका गायक कृष्ण देवकोटाले लोकगीत एल्वम जोर धाराको पानि बजारमा ल्याएका छन् । बटौली झरैला, राम्दी झरेर,यो मायाको संसार बिचित्र, नौतुनको रेल जस्ता सर्वाधिक रुचाईएका गीत गाएका देवकोटाले ठाउँ विशेषको रुपमा पाल्पाको जोर धारालाई आफ्नो गीतमा समावेश गरेका छन् ।

पोखरेली गायक देवकोटाले सिद्धार्थ राजमार्ग अन्तर्गत तानसेन बुटवल खण्डको सानो जोडधारा बजारलाई चिनाउने गीत माया प्रेममा आधारित मनोरञ्जनात्मक भएको बताए ।

अहिले अमेरिका बस्ने कलाकार देवकोटाले जोड धाराको बटुक, चुकाउनी र माछा खाने क्रममा गीत लेखेको जानकारि दिए । ‘सन्देश दिनेभन्दा पनि परिवेश अनुसार नयाँ पुस्ताका युवा युवती नाँच्ने रमाउने गीत हाे।’ उनले भने, ‘ठाउँ चिनाउने मौलिक गीत र म्युजिक भिडियोमा मौलिक नृत्य भएकाले स्रोता र दर्शकका लागि जोर धाराको पानि मेरो पुरानो जस्तै सर्वधिक रुचिमा पर्नेमा विश्वस्त छु ।’

Batas

अन्तराष्ट्रिय कलाकार मञ्च अमेरिकाका सदस्य समेत रहेका देवकोटाले यो पालि नेपाल आएर नयाँ कोशेली बजारमा ल्याएको बताए ।
काठमाडैँको राग स्टुडियोमा रेकर्ड गरिएको गीतमा शब्द र लय गायक देवकोटाको छ । गायनमा उनलाई लोकप्रिय गायिका शान्तिश्री परियारले साथ दिएकी छन् । संगीत संयोजन आशिस अविरल रहेको म्यूजिक भिडियोको निर्देशन मौसम हिमालीले गरेका छन् । नायक पुष्पा खड्का र जुना सुन्दासले अभिनय गरेको म्यूजिक भिडियो नवीन घर्ती मगरले सम्पादन गरेका छन् ।

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.