www.tandavnews.com
Fact ~ In search of truth

स्कारपिओको ठक्करबाट पैदलयात्रीको मृत्यु

राजविराज।

हुलाकी राजमार्गअन्तर्गत सप्तरीको बोदे बर्साइन नगरपालिका–५ जाँजरमा आज स्कारपिओले ठक्कर दिँदा एक जना पैदलयात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोही ठाउँका ६० वर्षीय सुवेदार मियाँ रहेको प्रहरीले जनाएको छ । ठक्करबाट गम्भीर घाइते भएका मियाँलाई उपचारका लागि अस्पताल पठाइएको थियो । उपचारकै क्रममा उनको आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पूर्वतर्फ आउँदै गरेको प्र२–०१–००१च ००२२ नंको स्कारपिओले पैदल गइरहेका मियाँलाई ठक्कर दिएको थियो । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

रासस

–––

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.