www.tandavnews.com
Fact ~ In search of truth

कांग्रेसद्वारा विमान दुर्घटनाप्रति दुःख व्यक्त

काठमाडौँ।

नेपाली कांग्रेसले यही जेठ १५ गते पोखराबाट जोमसोमका लागि उडेको तारा एअरको यात्रुवाहक विमान दुर्घटनाप्रति दुःख व्यक्त गरेको छ ।

सो विमान मुस्ताङको थसाङ गाउँपालिका–२ को सानोस्वारे भिरमा दुर्घटनाग्रस्त हुँदा विमानमा सवार चालक दलका सदस्यसहित सम्पूर्ण यात्रुका निधन भएको थियो । कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले आज एक विज्ञप्तिमार्फत यस अकल्पनीय दुर्घटनामा जीवन गुमाउने विमान चालक, सहचालक, परिचारिका र यात्रुहरू सबैमा भावपूर्ण श्रद्धाञ्जलि व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन्।

नेपालको हवाई सेवालाई सुरक्षित बनाउन सम्भाव्य सबै उपाय अवलम्बन गर्न पनि कांग्रेसले नेपाल सरकारसँग माग गरेको छ ।

रासस

–––

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.