www.tandavnews.com
Fact ~ In search of truth

अदालतले रु १६ लाख ५० हजार जरिवाना तोकेका राई पक्राउ

काठमाडौँ।

नेपाल प्रहरीले उच्च अदालत पाटनबाट रु १६ लाख ५० हजार जरिवाना तोकिएका एकजनालाई पक्राउ गरेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले उच्च अदालत पाटनको विसं २०७९ वैशाख ५ को फैसलाअनुसार चार दिन कैद सजाय र रु १६ लाख ५० हजार जरिवाना तोकिएका खोटाङ हलेसी घर भई हाल भक्तपुरको ठिमी बस्दै आएका ५१ वर्षीय इन्द्रकुमार राईलाई आज पक्राउ गरेको हो ।

ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक श्यामकुमार महतोले पक्राउ परेका राईले विसं २०७७ माघमा ग्लोबल आइएमई बैंक भक्तपुर शाखाको पर्याप्त मौज्दात रकम नभएको चेक दिएर ठगी गरेकाले उच्च अदालतको आदेशानुसार राईलाई आज काठमाडौँको चाबहिलबाट पक्राउ गरिएको जानकारी दिए । पक्राउ परेका राईलाई फैसला कार्यान्वयनका लागि आजै अदालतमा पेश गरिएको प्रवक्ता महतोले बताए ।

रासस

–––

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.