www.tandavnews.com
Fact ~ In search of truth

गण्डकीमा ८ लाख पुस्तक अभाव

जीवन सुवेदी
पोखरा।

शैक्षिक सत्र सुरु भएको २ महिना पुग्नै लाग्दा समेत गण्डकी प्रदेशका विद्यार्थीहरुले पूरै सेट पाठ्यपुस्तक प्राप्त गर्न सकेका छैनन् । पाठ्यपुस्तक समयमै प्राप्त गर्न नसक्दा विद्यार्थीहरुलाई अन्यौल भएको छ ।

गण्डकी प्रदेशका नवलपुर बाहेक १० जिल्लामा जनक शिक्षा सामाग्री केन्द्र लि, प्रदेश कार्यालय पोखराले पुस्तक वितरण गर्दै आएको छ । नवलपुरमा भने चितवनको केन्द्रले पुस्तक वितरण गर्दै आएको छ । गण्डककीमा  सरकारी विद्यालयमा अध्यनरत कक्षा ४ देखि १२ सम्मका विद्यार्थीहरुका लागि कूल १८ लाख थान पुस्तक आवस्यक छ ।

Batas

तर अहिलेसम्म जम्मा १० लाख थान मात्र उपलब्ध भएको जनक शिक्षा सामाग्री केन्द्र लिमिटेड प्रादेशिक कार्यालय पोखराका प्रमुख जयराम अर्यालले ताण्डव न्यूजलाई बताए । उनका अनुसार गण्डकीमा करिब ८ लाख थान पुस्तक अझै अभाव छ । “अहिले कक्षा ४, ७ र ९ को पुस्तक नया परिवर्तन भएकाले यी पुस्तकहरुको अभाव छ ।”उनले भने, कक्षा ४ मा ३० हजार सेट आवस्यक पर्नेमा ८ देखि १० हजार सेट पुस्तक अभाव छ ।”

त्यस्तै कक्षा ५ मा २० हजार सेट आवस्यक रहेकोमा न्यूनतम ४ देखि १४ हजार सेट पुस्तक अभाव भएको उनले बताए । कक्षा ६ का लागि ३० हजार सेट पुस्तक आवस्यक रहेकोमा १० देखि १५ हजार सेट पुस्तक अझै प्राप्त नभएको उनको भनाई छ । “अहिले कक्षा ७ को पनि कोर्ष परिवर्तन भएको छ त्यसैले ७ का कितावहरु पनि अभावै छ, उनले भने “कक्षा ७ मा ३५ हजार सेट पुस्तक आवस्यक हो। तर हामीसंग अहिले १० देखि १७ हजार सेट अभाव छ । प्रमुख अर्यालका अनुसार कक्षा ८ मा ३० हजार सेट आवस्यक पर्नेमा १२ देखि १८ हजार सेट पुस्तक अभाव रहेको छ भने कक्षा ९ मा ३५ हजार सेट आवस्यक रहेकोमा ६ देखि १८ हजार सेट पुस्तक अभाव छ । तर कक्षा १०, ११ र १२ का लागि पर्याप्त पुस्तक आएको उनको भनाई छ ।

कतिपय ठाउँमा पुस्तक अपुरो हुँदा विद्यार्थीहरु फोटोकपी गरेर पढ्न बाध्य समेत भएको भनेर हामीले जानकारी पाएका छौँ, अर्यालले भने। “पर्याप्त पुस्तक कहिले आउँछ हामीलाई थाहा छैन, माथिबाटै कागज अभावका कारण छपाई नभएको जानकारी पाईरहेका छौँ हामीलाई पनि अन्यौल छ ।”

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.