www.tandavnews.com
Fact ~ In search of truth

पदोन्नति भएका उपरथीत्रयलाई दज्र्यानी चिह्न प्रदान

काठमाडौँ।

नेपाली सेनाको सहायक रथीबाट उपरथीमा पदोन्नति भएका दीपककुमार बानिया, होमनाथ दवाडी र यामप्रसाद ढकाललाई आज दज्र्यानी चिह्न प्रदान गरिएको छ ।

मन्त्रिपरिषद्को यही जेठ २३ गतेको निर्णयानुसार बढुवा हुनुभएका उनिहरुलाई सैनिक मुख्यालय जङ्गी अड्डामा आयोजित एक समारोहबीच प्रधानसेनापति प्रभुराम शर्माले दज्र्यानी चिह्न प्रदान गरिएकाे हाे ।

पदोन्नति भएसँगै बानिया नेपाली सैनिक वार कलेजको शिक्षाध्यक्ष, दवाडी निरीक्षणाधिकृत विभागका विभागीय प्रमुख र ढकाल श्रीयुद्ध–मद्दती तथा युद्ध–सेवा मद्दती विभागका विभागीय प्रमुखमा नियुक्ति भएकाे सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ ।

मन्त्रिपरिषद्को सोही निर्णयबमोजिम महासेनानीबाट सहायक रथीमा पदोन्नति भएका दुई सैनिक अधिकृतलाई समेत सोही क्रममा दज्र्यानी चिह्न प्रदान गरिएको थियो ।

रासस

–––

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.