www.tandavnews.com
Fact ~ In search of truth

त्रिपुरासुन्दरीमा पहिरोले घर पुरिदा एक जना वेपत्ता

धादिङ।

धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नं ५ मा पहिरोले घर पुरिदा एक जना वेपत्ता भएका छन् । गएराति अन्दाजी १२ः३० बजेको समयमा घरमाथीबाट आएको पहिरोले घर पुर्दा सिताराम खाँड वेपत्ता भएको प्रहरीले जनाएको छ ।

पहिरोले घर पुरेको थाहा पाएलगत्तैदेखी उद्दारकार्य जारी रहेको स्थानियले बताएका छन् । अहिले स्थानीय र नेपाल प्रहरी उद्दारमा खटिएका छन् । घटनास्थलमा जेसीवी लैजान नसकेपछी स्थानीयसंग सहकार्य गरी खनेर घर भित्रै फसेका खाँडको उद्दार कार्य जारी राखेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

Batas

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.