www.tandavnews.com
Fact ~ In search of truth

खोलाले बगाएर मृत्यु

दमौली।

तनहुँको शुक्लागण्डकी नगरपालिका–१० स्थित बामताङ खोलाले बगाएर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा शुक्लागण्डकी–१० कुखुरेखोला बस्ने ५० वर्षीया यामबहादुर विक रहेको इलाका प्रहरी कार्यालय बेलचौताराले जनाएको छ ।

शुक्रबार राति घर जाने क्रममा बामताङ खोलामा आएको भेलले बगाउँदा बेपत्ता भएका विकको शव आज बिहान फेला परेको कार्यालयका प्रहरी निरीक्षक भोजराज पाण्डेले जानकारी दिए । बगाएको स्थानदेखि सात सय मिटर तल घोप्टो अवस्थामा विकको शव फेला परेको बताए । रासस

–––

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.