www.tandavnews.com
Fact ~ In search of truth

एमाले सचिवालय बैठक बस्दै

काठमाडौँ ।

नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ । बैठक पार्टी कार्यालय च्यासलमा आज दिउँसो १ः०० बजे बस्न लागेको हो ।

बैठकमा स्थानीय निर्वाचनको समीक्षा, जनप्रतिनिधिलाई असार २ र ३ मा प्रशिक्षण दिने, विभागहरूलाई पूर्णता दिनेलगायत समसामयिक विषयमा छलफल हुने बताइएको छ ।

Batas

यसअघि आइतबार बसेको केन्द्रीय कार्यालय बैठकले आज बस्ने सचिवालय बैठकका लागि एजेन्डा तय गरेको थियो। आजको बैठकले पोलिटब्युरो र केन्द्रीय कमिटीका बैठक पनि तय गर्नेछ । एमालेको सचिवालयमा अध्यक्षसहित १७ पदाधिकारी रहनेछन् ।

रासस

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.