www.tandavnews.com
Fact ~ In search of truth

मल अभावको विषयमा छलफलको माग राख्दै एमालेद्वारा संसद्मा ‘स्थगनको प्रस्ताव’ दर्ता

काठमाडौं । 

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद्मा स्थगनको प्रस्ताव दर्ता गराएको छ ।

एमालेका प्रमुख सचेतक विशाल भट्टराईसहित १५ सांसदले जारी बजेटमाथिको छलफल स्थगन गर्दै रासायनिक मलको बारेमा छलफल गर्न माग राख्दै स्थगनको प्रस्ताव दर्ता गराएका हुन् ।

Batas

किसानहरूले समयमा मल नपाएको र सरकार त्यस विषयमा गम्भीर नभएको भन्दै एमालेले स्थगनको सूचना संसद् सचिवालयलाई दिएको छ ।

स्थगन प्रस्ताव स्वीकृत भए संसद्मा उक्त प्रस्तावमाथि छलफल हुनेछ भने मन्त्रालयगत बजेटमाथि सांसदले उठाएका प्रश्नको मन्त्रीहरूले जवाफ दिने कार्यक्रम स्थगित हुने छ ।

रासस

 

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.