www.tandavnews.com
Fact ~ In search of truth

एक हजार ८०० ले घट्यो सुनको मूल्य

काठमाडौँ।

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु एक हजार ८०० ले घटेर रु ९७ हजार १०० मा आएको छ । पहेंलो धातु अघिल्लो दिन प्रतितोला रु ९८ हजार ९००मा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९६ हजार ६०० छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९८ हजार ४०० थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु २० ले घटेर रु एक हजार २४५ कायम रहेको महासङ्घले जनाएको छ ।

रासस

–––

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.