www.tandavnews.com
Fact ~ In search of truth

बाढीबाट पुलमा क्षति, यातायात अवरुद्ध

दमौली।

मङ्गलबार राति परेको वर्षाका कारण चुँदीखोलामा बाढी आउँदा तनहुँको भानु नगरपालिका–२ र ५ जोड्ने बाङ्गेरहको पुलमा क्षति पुगेको छ । चुँदीखोलामा आएको बाढीले पुलको दुवैतर्फको भाग बगाएको हो ।

बाढीले पुलमा क्षति पु¥याएपछि चारपाङ्ग्रे सवारीसाधन यातायात सेवा अवरुद्ध भएको स्थानीयवासी राजेश कार्कीले जानकारी दिए । बाढीबाट पुलमा क्षति पुगेपछि भानु नगरपालिका–५, ६, ७, १०, १२ र १३ का सर्वसाधारणलाई आवतजावतमा समस्या भएको छ । उक्त पुलको पर्खाल मर्मतका लागि नगरप्रमुख आनन्दराज त्रिपाठीको ध्यानाकर्षण गराइएको छ ।

गत जेठ २२ गते पनि बाढीले पुलको केही भागमा क्षति पु¥याएको थियो । नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयवासीको सहयोगमा पुल मर्मत गरिएको थियो ।

रासस

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.