www.tandavnews.com
Fact ~ In search of truth

आर.के बसौला र रिना केसीको आवाजमा ‘यो संसार’ सार्वजनिक (भिडियो)

पोखरा ।

लोकदोहोरी गीत ‘यो संसार’ सार्वजनिक भएको छ । शनिबार सामाजिक सञ्जाल युट्युब मार्फत गीत सार्वजनिक गरिएको हो ।

गीतमा आर.के बसौला र रिना केसीले स्वर दिएका छन् । कृष्णप्रसाद गौतमको शब्द र संगीत रहेको गीतलाई दिबश थापा मगरले एरेन्ज गरेका हुन् ।

Batas

पोखराका सुन्दर स्थानहरुमा गीतको भिडियो छायांकन गरिएको छ । स्मृती तिमिल्सिना‘गुरुआमा’ निर्देशित भिडियोमा गायक स्वयं बसौला, गायिका केसी, सरिता दन्कुटी र रुद्र प्रसाद अर्यालको अभिनय छ ।

गणेश सापकोटाले छायांकन गरेको भिडियोको सम्पादन प्रकाश धमलाले गरेका हुन् । भिडियोलाई गुरुआमा फिल्म्स्ले बजारीकरण गरेको छ ।

© 2022, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.