www.tandavnews.com
Fact ~ In search of truth

निगम भन्छ‘असार मसान्तसम्म करिब ५५ अर्ब नोक्सानी हुने स्थिती देखिएको छ’

पोखरा
ताण्डव न्यूज ।

पेट्रोलियम पदार्थको मूल्य बृद्धि गरिएपनि घाटा कायमै रहने नेपाल आयल निगमले जनाएको छ । असार ५ गते राति १२ बजेदेखि लागू हुनेगरि निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको हो ।

‘मूल्य बढाइएपनि निगमलाई मासिक रुपमा अझै करिब ४ अर्ब ७० करोड घाटा नै रहने र असार मसान्तसम्म करिब ५० देखि ५५ अर्ब रुपैयाँ नोक्सानी हुने स्थिती देखिएको छ’ निगमले प्रेस विज्ञप्ति मार्फत भनेको छ ।

Batas

निगमले गएरातिदेखि लागू हुनेगरि पेट्रोलको साविक मूल्यमा २१ रुपैयाँ बृद्धि गरि प्रति लिटर १९९, डिजेल मट्टीतेलमा २७ ले बृद्धि गरि प्रतिलिटर १९२, हवाई इन्धन आन्तरिक तर्फ १९ ले बृद्धि गरि प्रति लिटर १८५ र हवाई इन्धन बाह्य तर्फ अमेरिकि डलर १०० ले बृद्धि गरि प्रति किलो लिटर अमेरिकि डलर १,६४५ कायम गरेको छ ।

© 2022, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.