www.tandavnews.com
Fact ~ In search of truth

छिमेकी मुलुकसँग भरपर्दो र विश्वसनीय नीति प्रस्तुत गर्न अध्यक्ष ओलीको आग्रह

काठमाडौँ।

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले छिमेकी मुलुकसँग भरपर्दो र विश्वसनीय नीति र व्यवहारका साथ प्रस्तुत हुनुपर्ने बताएका छन्।

पूर्व राजदूत समूहले आज आयोजना गरेको वर्तमान नेपालको परराष्ट्र मामिलाबारे पूर्वराजदूतसँगको संवाद कार्यक्रममा पूर्वप्रधानमन्त्री ओलीले वैदेशिक सम्बन्धका सन्दर्भमा कुनै समस्या आएमा आपसमा संवाद गरेर समाधान गर्न पनि जोड दिए । अध्यक्ष ओलीले भने, “नेपालले छिमेकीसँग भरपर्दो र विश्वसनीय नीति र व्यवहारका साथ प्रस्तुत हुन आवश्यक छ । बाहिर एउटा भन्ने र भित्र गर्ने अर्को हुने खालको द्वैध चरित्र देखाउन हुँदैन । अन्तर्राष्ट्रिय सम्बन्धको सवालमा हामीले कुनै कार्ड खेल्नुपर्दैन । ”

उनले कुनै मुलुक जनसङ्ख्या र भूगोलमा सानो हुनसक्ने भए पनि हरेक मुलुकको सार्वभौमसत्ता समान हुने भएकाले नेपालले हिनताबोध नगरी विश्वका सबै मुलुकसँग स्वाभिमानपूर्वक संवाद गर्नसक्ने पनि स्पष्ट पारे ।

रासस

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.