www.tandavnews.com
Fact ~ In search of truth

अछतेदेखि बिहुँ नरेठाटीसम्म सुरुङमार्ग अध्ययन हुँदै

गलकोट।

मध्यपहाडी पुष्पलाल लोकमार्ग अन्तर्गतको बागलुङ खण्डमा सुरुङमार्ग बनाउन अध्ययन थालिने भएको छ । लोकमार्ग बागलुङको काठेखोला स्थित अछतेदेखि बिहुँ गलकोटको नरेठाटी सम्मको सुरुङ मार्ग अध्ययन गरिने भएको छ ।

यसका लागि संघीय सरकारले रु. ५० लाख बजेट समेत विनियोजन गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सुरुङमार्ग अध्ययनका लागि रु. ५० लाख रकम विनियोजन गरिएको शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देबेन्द्र पौडेलले जानकारी दिए । सरकारले आर्थिक वर्ष २०७९/८० का लागि २४ नयाँ सुरुङ सम्भाव्यताका लागि नयाँ आयोजना छनोट गरेको छ ।

ती मध्ये मध्यपहाडी लोकमार्गको अछेते–गलकोट खण्डको सुरुङमार्ग समावेश भएको हो । गत फागुनमा शिक्षा विज्ञान तथा प्रविधिमन्त्री पौडेलले योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेलसँग छलफल गरी बागलुङको अछेत–बिहुँ देखि गलकोटको नरेठाटीसम्मका लागि सम्भाव्यता अध्ययनका लागि योजनामा समावेश गरिदिन आग्रह गरेका थिए । आगमी आर्थिक वर्षमा संभाव्यताको काम अगाडी बढ्ने उहाँले जानकारी दिए ।

अछेते, बिहुँ घोडाँबाधे, नरेठाँटी हुँदै गलकोट पुगेको सडकमार्गमा शुरङमार्ग बनाउदा यात्रा करिब डेढ घण्टा यात्रा छोट्टिनेछ ।

रासस–

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.